नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव बेलायतको जङ्गलमा फेला

by समतल अनलाइन

काठमाडौं। झण्डै चार महिनादेखि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला बेलायतको एक जङ्गलमा फेला परेको छ ।
मर्निङ वाककै क्रममा गत मे ६ तारिखदेखि बेपत्ता रहेका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ । मर्निङ वाककै क्रममा उक्त जंगलमा मोरिस दौडने गरेको बुझिएको छ ।

मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा सन् २०१६ देखि ४ वर्ष कार्यकाल पूरा गरेर सन् २०१९ मा बेलायत फर्किएका थिए । नेपालपछि बेलायत सरकारले मोरिस्लाई फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिएको थियो । तर आफनो कार्याकाल सम्हाल्नु अघि नै उनी बेपत्ता भएका थिए । उनको मृत्युबारे अनुसन्धान सुरु भएको छ । एजेन्सी

 
 
  
 

You may also like