भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ७८ हजार बढीमा संक्रमण

by समतल अनलाइन

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४७२ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५२० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६३ हजार ५३५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९४४ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६३ हजार ६५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 
 
  
 

You may also like