कोरोनाबाट एकै दिन १२ जनाको मृत्यु , मृतकको संख्या २०७ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ९ पुरुष रहेका छन् । मृत्यु हुने महिलामा पाल्पा, काठमाडौँ र भक्तपुरका एक एक जना महिला रहेका छन् । त्यस्तै ललितपुर र पर्साका २-२ जना, काठमाडौँ, भक्तपुर, सिरहा, कास्की र गोरखाका एक एक पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर २४२ महिला र ६४२ पुरुषसहित ८८४ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।

 
 
  
 

You may also like