कोरोनाबाट अहिलेसम्म १९५ को मृत्यु, २४ घण्टामा १२ जनाको गयो ज्यान

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ८ पुरुष रहेका छन् । मृत्यु हुने महिलामा मोरङका दुई जना, भक्तपुर र मकवानपुरका एक एक जना रहेका छन् । त्यस्तै उदयपुर, पर्सा, धनुषा, सिरहा, रुपन्देही, झापा, कास्की, चितवनका एक एक पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३३४ महिला र ५९३ पुरुषसहित ९२७ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

 
 
  
 

You may also like