रुपन्देहीमा पछिल्लो २४ घन्टामा थपिए ५२ जना कोरोना संक्रमण

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रबार सबै भन्दा बढी सिद्धार्थ नगर नगरपालिकामा १८ र बुटवल उपमहानगरपालिकामा १७ जना नयाँ संक्रमति थपिएका छन् । शुक्रबार जिल्लामा २३ महिला र २९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरि शुक्रबार ओमसतिया गाँउपालिकामा ८ जना, तिलोत्तमा नगरपालिकामा ५ जना, सुद्धोदन र मायादेबी गाँउपालिकामा २।२ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा शुक्रबारसम्ममा ८६५ जना संक्रमित भएका छन् भने ३६० जना कोरोना मुक्त भएर घर फर्केकाछन् । ८ जनाको कोरोनाका कारण रुपन्देहीमा मृत्यु भई सकेको छ ।

 
 
  
 

You may also like