कोभिडका लागि ९८४ आइसियू र ४९० भेन्टिलेटर, तर सञ्चालन गर्न जम्मा २९ जना विशेषज्ञ

by समतल अनलाइन

काठमाडौं। आइसियू र भेन्टिलेटर चलाउन कति जनशक्ति चाहिन्छ भनेर सरकारले अहिलेसम्म अध्ययन गरेको छैन । क्रिटिकल केयर सोसाइटीका पूर्व अध्यक्ष प्राडा सुवास आचार्य भन्छन्, ‘हाम्रो सोसाइटीले आवश्यक जनशक्तिको प्रक्षेपण गरेर दिएको प्रतिवेदन पनि सरकारले दराजमा थन्क्याएको छ ।’

कोभिड महामारीका वेला सरकारले पर्याप्त आइसियू भेन्टिलेटर व्यवस्था गरेको छैन भनेर आलोचना भइरहेको छ । तर, भएका भेन्टिलेटर चलाउन पनि जनशक्ति अभाव छ । अहिले देशभरका अस्पतालमा एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन् ।

तीमध्ये नौ सय ८४ शय्या आइसियू र चार सय ९० भेन्टिलेटर सरकारले कोभिड संक्रमितको उपचारका लागि छुट्याएको छ । तर, ती सञ्चालन गर्ने पर्याप्त जनशक्ति भने छैन ।

आइसियू सञ्चालनका लागि क्रिटिकल केयर ‘सुपर स्पेसलिस्ट’ नेतृत्वमा टिम चाहिन्छ । तर, अहिलेसम्म नेपालका कुनै पनि सरकारी अस्पतालमा ‘क्रिटिकल केयर’को दरबन्दी नै सिर्जना गरिएको छैन । एनेस्थेसियाका चिकित्सकले यो सेवा दिँदै आएका छन् ।

क्रिटिकल केयर स्पेसलिस्ट तथा नेपाली सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका पूर्व अध्यक्ष प्राडा सुवास आचार्यका अनुसार एक क्रिटिकल केयर सुपर स्पेसलिस्टले आठदेखि १० बेडको नेतृत्व गर्न सक्छ । यो हिसाबले सरकारले कोरोना संक्रमितको उपचारका लागि छुट्याएका नौ सय ८४ आइसियू बेड सञ्चालनका लागि मात्रै पनि करिब ९८ जना ‘क्रिटिकल केयर सुपर स्पेसलिस्ट’ चाहिन्छन् ।

क्रिटिकल केयर सुपर स्पेसलिस्ट नभएका ठाउँहरूमा वा त्यस अवस्थामा ‘एनेस्थेसियोलोजी सुपर स्पेसलिस्ट’ले पनि बिरामी हेर्न सक्छन् । तर, यो जनशक्ति पनि सरकारसँग जम्मा सात जनाको छ ।

त्यस्तै, ‘क्रिटिकल केयर सुपर स्पेसलिस्ट’को नेतृत्वमा एनेस्थेसियोलोजी वा आइसियूमा काम गर्ने इन्टरनल मेडिसिन स्पेसलिस्ट दुई जना अनिवार्य चहिन्छ । यस्ता विशेषज्ञ एक सय ९६ आवश्यक पर्छन् । तर, यो जनशक्ति पनि सरकारसँग जम्मा २२ जनाको मात्रै छ ।

अहिले देशभर सरकारी सेवामा एनेस्थेसियोलोजिस्टमा ८० जनाको मात्र दरबन्दी छ । तर, त्यसमा जम्मा सातजनाले क्रिटिकल केयरको नेतृत्व गरेका छन् । उनीहरूको नेतृत्वमा २२ जनाले काम गरिरहेका छन् ।

नेपालका स्वास्थ्य सेवामा क्रिटिकल केयरमा कति जनशक्ति चाहिन्छ भनेर सरकार आफैँले अहिलेसम्म कुनै अध्ययन र प्रक्षेपण गरेको छैन । चिकित्सकहरूले अध्ययन गरेर दिएको प्रतिवेदन पनि सरकारले कार्यान्वयन गरेको छैन ।

‘संस्थाको तर्फबाट आइसियूमा चाहिने जनशक्तिको प्रक्षेपण रिपोर्ट चार महिनाअघि मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा। गुणराज लोहनीलाई बुझाएका थियौँ, तर उक्त रिपोर्ट हालसम्म पनि सार्वजनिक गरिएको छैन,’ संस्थाको पूर्वअध्यक्ष आचार्यले भने, ‘त्यति मात्रै होइन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई वर्षदेखि क्रिटिकल केयरको दरबन्दी सिर्जना गर्न भन्दै एसोसिएसनले दबाब दिइरहेको छ । तर, सुनेको–नसुनेझैं गरेको छ ।’

अहिले स्वास्थ्य मन्त्रालयअन्तर्गत एनेस्थेसियोलोजी सुपर स्पेसलिस्ट ११ तहमा कार्यरत चिकित्सक सातजना छन् । सुपर सपेसलिस्टमध्ये वीर अस्पतालमा तीन, प्रसूतिगृहमा एक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा एक जना छन् ।

त्यस्तै स्पेसलिस्ट २२ जनामध्ये वीर अस्पतालमा पाँच, राष्ट्रिय ट्रमा सेन्टरमा तीन, कान्ति बाल अस्पतालमा दुई र परोपकार प्रसूतिगृहमा दुई तथा भक्तपुर अस्पतालमा एक जना छन् । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, नारायणी उपक्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, भेरी अञ्चल अस्पताल, सेती अञ्चल अस्पताल, जनकपुर उपक्षेत्रीय अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, लुम्बिनी अञ्चल अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक–एकजना रहेका छन् ।

नेपाली सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका अध्यक्ष डा। हेमराज पनेरूले जनशक्ति व्यवस्थापनमा सरकारले निकै ढिला गरेको बताए । ‘आइसियू र भेन्टिलेटर सञ्चालन गर्नु सामान्य कुरा होइन ।

सही रूपमा प्रयोग गर्न सकिएन भने बाँच्ने मान्छे पनि मर्छ,’ डा। पनेरूले भने, ‘देशमा अहिले सुपर स्पेसलिस्टको संख्या कम छ, यो वेला त्यस्तो जनशक्ति खोज्न समय छैन । तर, सन्तोषजनक सेवा दिन देशभरका अस्पताल र मेडिकल कलेजमा सञ्चालित आइसियूमा कार्यरत अनुभव भएका स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्नुपर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले महामारीका वेला तत्काल योजना बनाएर जनशक्ति पूर्ति गर्न नसकिने बताए । ‘दश वर्षअघिबाट आइसियू भेन्टिलेटरका लागि चाहिने जनशक्तिको योजना बनाउनुपथ्र्यो ।

महामारीका वेला यस्ता जनशक्ति बनाउन सकिने होइन । यसका लागि वर्षौँ अघिदेखिको योजना हुनुपर्छ,’ उनले भने, ‘अहिले कोरोना आयो, क्रिटिकल केयर र एनेस्थेसियोलोजिस्ट खोजेर कहाँ भेटिन्छ रु विदेशबाट ल्याउनलाई पनि अहिले मान्छे पाइँदैन रु’

दुई वर्षदेखि सरकारलाई झकझक्याएका छौं, तर सुनेको–नसुन्यै गरेको छ स् प्रा।डा। सुवास आचार्य, पूर्व अध्यक्ष नेपाली सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन

आइसियू सञ्चालन गर्नु सामान्य कुरा होइन । त्यसका लागि आइसियू बेड, त्यसका लागि भेन्टिलेटर, मोनिटर, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, ब्लड ग्यास मेसिन, डायलाइसिस मेसिन, इन्डोस्कोप, ब्रोङोस्कोप, अल्ट्रासाउन्डलगायत उपकरण चाहिन्छन् । यसलाई पूरा गरेको खण्डमा मात्रै त्यो आइसियू हुन्छ ।

आइसियू सञ्चालन गर्न एक बेड एक नर्स अनिवार्य हो । योसँगै क्रिटिकल केयर सुपर स्पेसलिस्टसहितको टोली त चाहिने नै भयो । नेपाली सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका तर्फबाट आइसियूमा चाहिने जनशक्तिको प्रक्षेपण रिपोर्ट चार महिनाअघि स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखाका प्रमुख डा। गुणराज लोहनीलाई बुझाएका थियौँ, तर उक्त रिपोर्ट दराजमा थन्काएर राखिएको छ ।

सरकारलाई समस्या भएर सार्वजनिक नगरे पनि यसको पालना निजी अस्पतालले गर्न सक्थे, तर लुकाएर राखियो । त्यति मात्रै होइन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई वर्षदेखि क्रिटिकल केयरको दरबन्दी सिर्जना गर्न भन्दै एसोसिएसनले दबाब दिइरहेको छ । तर, सुनेको–नसुनेझैं गरेको छ ।

उपकरणले मात्रै हुँदैन, जनशक्ति मुख्य विषय हो स् डा। दिप्तेश अर्याल, क्रिटिकल केयर विशेषज्ञ, नेपाल मेडिसिटी अस्पताल

कोरोना भाइरसले मुख्यतया असर गर्ने भनेको श्वास–प्रश्वासमा हो । साधारण रुघाखोकीदेखि निमोनियासम्म कोरोनाले गराएको छ । निमोनिया हुनु भनेको फोक्सोमा चोट पुग्नु हो । कोरोनाले निमोनिया गराएपछि फोक्सोमा हावा नपुगे जस्तो हुन्छ । फोक्सोमा जति हावा पुग्नुपर्ने हो त्यति नपुगेपछि मानिस निसासिन थाल्छ । यस्ता विविध समस्या भएको व्यक्तिलाई आइसियूको आवश्यकता पर्छ ।

कोभिडमा सास फेर्न सहज भए पनि शरीरमा अक्सिजनको मात्रा कम देखिएको छ । ९५ देखि सय प्रतिशतसम्म शरीरमा अक्सिजन हँुदा यसलाई सामान्य मान्ने गरिन्छ । तर, कोभिडले फोक्सोमा असर गरेपछि आफैँ अक्सिजनको मात्रा कम हुँदै ७० प्रतिशतसम्म पुग्न जान्छ । यस्तो अवस्थामा सास फेर्न सहज बनाउनका लागि बिरामीलाई बेहोस बनाएर मुखबाट पाइप फोक्सोसम्म हालिन्छ । सो पाइप बाहिर मेसिन ९भेन्टिलेटर० मा जोडिन्छ । मान्छे आफैले सास फेर्नुपर्ने काम भेन्टिलेटरबाट गरिन्छ ।

बाहिरबाट स्वच्छ हावा भित्र पठाउने र भित्रको फोहोर हावा बाहिर निकाल्ने काम भेन्टिलेटरले गर्छ । यसले बिरामीको श्वास–प्रश्वासमा सहजता आउँछ । क्रमशः फोक्सो ठीक हँुदै गएपछि भेन्टिलेटरको सपोर्टलाई पनि कम गर्दै गएर अन्तिममा निकालिन्छ । आइसियूमा गएको बिरामीको ज्यान जोगाउनुपर्ने अवस्थामा भेन्टिलेटरको प्रयोग गरिन्छ ।

अहिले देशमा एक हजार आठ सय आठ आइसियू र नौ सय भेन्टिलेटर छन् । यसमध्ये नौ सय ८४ शय्या आइसियू र चार सय ९० भेन्टिलेटर कोरोना संक्रमितका लागि छुट्याएको सरकारले बताएको छ । तर, शैंया तयार पारेर मात्रै हुँदैन, ती उपकरणमा राखेर बिरामी हेर्न सक्ने जनशक्ति पनि चाहिन्छ । हामीकहाँ जनशक्ति नै छैन ।

आइसियूमा काम गर्न त्यही क्षेत्रमा विज्ञता हासिल गरेको हुनुपर्छ । नेपालमा धेरै विशेषज्ञ नभए पनि एनेस्थेसिया पढेका डाक्टरहरूले पनि चलाउन सक्छन् । उनीहरूलाई पनि परिचालन गर्न सकिएको छैन ।

आइसियू–भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति अभावमा जो पायो त्यहीले चलाउँदा धेरै मानिसको मृत्यु पनि भएको छ । अमेरिकामा भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नभएर पनि धेरै मानिसको मृत्यु भएको छ । त्यसैले आइसियू–भेन्टिलेटर हुँदैमा समस्या समाधान हुँदैन । ती कसरी र कसले चलाउने भन्ने मुख्य कुरा हो । सरकारले यसमा गम्भीर ढंगले सोच्न जरुरी छ । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like