शनिबार थप ६३४ जनामा कोरोना पुष्टि

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ६३४ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर १८२ महिला र ४५२ पुरुषसहित ६३४ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १८ हजार ३५० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ५९ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा १२ हजार ५१९ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ५ लाख ९२ हजार ३३८ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै क्वारेन्टाइनमा ११ हजार ६५८ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ३ हजार ९१६ जना रहेका छन् ।

अहिले आइसीयुमा उपचारत संक्रमितको संख्या १५२ जना रहेका छन् भने भेन्टिलेटरमा राखेर उपचारत कुल १२ रहेका छन् ।

 
 
  
 

You may also like