सैनामैनामा ७ भदौसम्म लकडाउन

by समतल अनलाइन

सैनामैना  । स्थानीय तहमा कोरोना संक्रमण दर बढ्न थालेपछि रुपन्देहीको सैनामैना नगरपालिकाले पनि लकडाउन गरेको छ ।नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिमा नगरपालिकाका १२ वटै वडामा अत्यावश्यक बाहेकका सेवा, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार र व्यवसाय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिएका छन् ।लकडाउन अवधिमा स्वास्थ्य, दुग्ध, खानेपानी, पेट्रोलियम, विद्युत, दमकल, एम्बुलेन्स, शव वाहन मात्र चल्न पाउने र अन्य सबै खाले निजी तथा सार्वजनिक सवारी सधान चल्न नपाउने पन्थीले बताए ।

नगरपािलकाले कोारेना संक्रमणाट जोगिन आवशयक व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरी सुरक्षित रहन नगरवासीमा अपील गरेको छ । यसअघि रुपन्देहीमा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाले पनि लकडाउन गरिसकेका छन् ।

 
 
  
 

You may also like