२०७७ भदौं १ गते सोमबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ०
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको राम्रो वातावरण बन्ने छ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा०
प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । स्वास्थ्यमा सुधार आउला । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे०
आज साना तिना समस्यामा अल्झिनु पर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । आफ्नो व्यवसायमा पनि मन्दी आउला ।

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते०
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । जागिर र कर्मप्रति रुची बढ्ने छ । रोकिएका र आधुरा काम पुनः शुरु हुन सक्छन् ।

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे०
आज नयाँ र शुभकार्यको चर्चा चल्ने छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । रोकिएका र चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा०
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो०
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । विद्या र सन्तानबाट सुख मिल्ने छ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो०
नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो०
मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु०
पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभ कार्यको चर्चा चल्ने छ ।

मकर ९भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि०
आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि०
आज प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

ज्यो।प। नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like