नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका १-१ जनाको मृत्यु भएको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका(७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो । त्यसैगरी पर्साको विरगञ्ज महानगरपालिका(१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।

धनुषाको जनक नन्दनी गाउँपालिका(४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।अहिलेसम्म मृत्यु हुनेमा प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमतीमा १८ जना, गण्डकी प्रदेशमा ६ जना प्रदेश ५ मा १३ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जना रहेका छन् । जसमा पुरुष ८० र महिला २२ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like