लिदी पहिरो अपडेट : १६ को शव भेटियो, २३ को खोजी जारी

by समतल अनलाइन

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गएको पहिरोमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।शुक्रबार बिहान गएको पहिरोमा पुरिएका ११ जनाको शुक्रबार नै शव भेटिएकोमा थप ५ शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृतक १६ जनाकै पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी माधव प्रसाद काफ्ले जानकारी दिए ।

काफ्लेका अनुसार मृत्यु हुनेमा नौ बालबालिकासहित चार महिला र बाँकी पुरुष छन् ।

 
 
  
 

You may also like