बुटवलमा निःशुल्क फिजियोथेरापी शिविर सम्पन्न

by समतल अनलाइन

बुटवल । विश्व फिजियोथेरापी दिवसको अबसरमा बुटवलमा निःशुल्क फिजियोथेरापी शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ बुटवल मायादेवी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा सम्पन्न शिविरमा १ सय भन्दा बढिले निःशुल्क फिजियोथेरापी सेवा लिएका छन ।

लायन्स क्लव अफ तिलोत्तमाको भवन हिलपार्कमा सम्पन्न शिविरमा नेपाल फिजियोथेरापी संघ प्रदेश नम्बर ५ को बिशेष सहयोग सहयोग रहेको थियो । पुरानो दुखाईको लागि फिजियोथेरापी भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा बिशेष गरी उपचारको पहुच बाट टाढा रहेका प्यारालाइसिस, शारीरीक बिकास ढिलो भएका बालबालिका, नशा च्यापीएका, ढाड दुख्ने, हडडी खिइएका, बाथ, युरिक एसिड लगायतका बिरामीहरुको सफल उपचार गरिएको कार्यक्रम संयोजक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा फिजियोथेरापी संघ प्रदेश नम्बर ५ का अध्यक्ष जगदिश खनालले फिजियोथेरापीको महत्वका बारेमा बोलेका थिए । उनले यो प्रविधिको उपचार बिधिले विश्वभर रहेका पुरानो दुखाइ भएका बिरामीलाई निको पारेको बताए । लायन्स क्लव अफ तिलोत्तमाका अध्यक्ष राजेन्द्र बहादुर शाक्यको अध्यक्षता र बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष कमल सिंह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ तिलोत्तमाका डिष्ट्रिक चिफ एड्भाईजर सुरेश रत्न बज्राचार्यको बिशेष उपस्थिती रहेको थियो ।

क्लवका सचिव प्रगति रत्न बुभाजुको संचालनमा सम्पन्न शिविरमा कार्यक्रम संयोजक रमेश कुमार श्रेष्ठले धन्यवाद मन्तब्य राखेका थिए । हरेक बर्ष सेक्टेम्बर ८ का दिन विश्वभर बिभिन्न कार्यक्रम गरि विश्व फिजियोथेरापी दिवस मनाउने गरिन्छ ।

 
 
  
 

You may also like