मेडिसिटि हस्पिटल भैसिपाटिमा एक कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपाल मेडिसिटी हस्पिटल भैँसेपाटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।काठमाडौँको कलंकीका ६४ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

‘मेडिसिटी हस्पिटलमा एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ,’ डा.गोलालले भने, ‘उहाँ कलंकी ट्याक्लाफाँट निवासी ६४ वर्षका पुरुष हुन् ।’

निमोनिया भएर गत साउन १९ गते मेडिसिटी हस्पिटलमा भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको डा.गोलालले जानकारी दिए ।

 
 
  
 

You may also like