नेपालगञ्जमा दुईजना चिकित्सकसहित थपिए २० जनामा कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौं।नेपालगञ्जमा दुईजना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अस्पतालले केही समयअघि आफ्नो फेसबुक पेजमार्फत २ चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमितमा बाँकेका १५ जना, कैलालीका २ जना, दाङका एक जना, बर्दियाका एक जना र सल्यानका एक जना रहेका छन् ।संक्रमित २ जना चिकित्सक नेपालगञ्ज मेडिकल कलेजका हुन् । नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकसहित सर्वसाधारणको स्वाब संकलन गरी परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य संक्रमितहरु अस्पतालमा उपचारत बिरामी हुन् ।

यस्तै वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलित नमूनामध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आइतबार साँझ ३१५ जनाको कोरोना परीक्षणको रिपोर्ट आएकोमा २० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सेती प्रादेशिक असपतालमा गरिएको परीक्षणमा कैलालीका २ जनामा कोरोना पुष्टि भएको छ । सेती अस्पतालले एक विज्ञप्ती मार्फत थप २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

 
 
  
 

You may also like