खानेपानी संस्थान बुटवलका प्रुमख घुससहित पक्राउ

by समतल अनलाइन

बुटवल । खानेपानी संस्थान बुटवलका प्रुमख इन्जिनियर सन्तोष साह प्रक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो ।

इन्जिनियर साहले शाखा कार्यालयका केही व्यक्तिसँग घुस लिएर काठमाडौं जाँदै गर्दा अख्तियारका अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।आयोगको केन्द्रीय टोलीले साहलाई नगद दुई लाख ३३ हजार ५ रुपैयाँसहित धादिङबाट नियन्त्रणमा लिएको हो । अख्तियारले ८ लाख २२ हजारको बैंक भौचर पनि बरामद गरेको छ ।

अख्तियारका अनुसार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा साह बुटवलबाट काठमाडौंतर्फ जाँदै थिए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

 
 
  
 

You may also like