वीरगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहि बस्ने ४५ वर्षिया महिलाको मृत्यु भएको हो ।कोरोना अस्पताल गण्डकमा मृत्युपछि गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । ती महिलालाई उपचारको लागि शुक्रबार राति अस्पताल ल्याइएको थियो ।

श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो । आइतबार साँझ आएको रिपोर्टमा संक्रमण देखिएको हो ।

योसँगै वीरगन्जमा साउन महिनामा मात्र कोरोनाबाट १८ जनाको मृत्यु भएको छ।

 
 
  
 

You may also like