आज सुनको मुल्यमा नँया रेकर्ड , एक लाख ३ हजार ५ सय पुयो

काठमाडौं। लगातार बढीरहेको सुनको मूल्य आज पनि बढेर नयाँ रेकर्ड बनेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

 
 
  
 

You may also like