ब्राजिलमा कोरोना भाइरसले ९८ हजारको मृत्यु, २९ लाखभन्दा बढी संक्रमित

काठमाडौं । ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ ।शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार १७९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९८ हजार ६४४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ५४ हजार ८०१ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या २९ लाख १७ हजार ५६२ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ४७ हजार ६६० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ७१ हजार २५८ जनाको उपचार भइरहेको छ ।

 
 
  
 

You may also like