नेपाल नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाले आकस्मिक रक्तदान

बुटवल बुटवलमा नेपाल नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाले बिहिवार आकस्मिक रक्तदान कार्यक्रम गरेकाे छ।  काेराेना संक्रमण बढेसंगै बुटवलमा रक्तदान कार्यक्रम कम हुँदा रगत अभाव हुन गएकाे छ।
रक्तदान कार्यक्रममा ५१ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन।समाजले प्रतेक महिनाकाे अन्तिम शनिबार नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। आर्थिक  बर्ष २०७६/७७ मा यस समाजले ३ हजार ५ सय २७ युनिट रगत तथा रक्ततत्व दान गरेर रुपन्देही जिल्लामा सबैभन्दा धेरै रक्तदान गर्ने संस्थाकाे रुपमा सम्मानित भैसकेको छ। रुपन्देही जिल्लामा याे समाज रक्तदान अभियानमा सधैं अग्रणी रहँदै आएको संस्थाका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले बताउनुभयाे । 
 
 
  
 

You may also like