गरिन् विश्वकै कान्छी प्रधानमन्त्री मरिनले विवाह

एजेन्सी । विश्वकै कान्छी प्रधानमन्त्री एवं फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन वैवाहिक जिवनमा बाँधिएकी छिन् । सोसल डेमोक्र्याटिक पार्टीकी ३४ वर्षीया नेतृ मरिनले प्रेमी मार्कुस राईकोकोनसँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् । मरिनले फेसबुकमार्फत् यस्तो जानकारी दिएकी हुन् ।

राईकोकोन फिनल्याण्डका फुटबल खेलाडी हुन् । कोरोना भाइरसको महामारीबीच आइतबार भएको विवाह समारोहमा ४० जना अतिथि उपस्थित रहेको एपीले जनाएको छ ।

‘हार्दिक बधाईको लागी धन्यवाद, भव्य महिलाहरुलाई पनि धन्यवाद’ मरिनले फेसबुकमा लेखेकी छिन्, ‘जुन हाम्रो अविस्मरणीय दिन बन्यो’

 
 
  
 

You may also like