कोरोना भाइरसको औषधि बन्ने सम्भावना छैन्ः डब्ल्युुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन डव्लुएचओले कोरोना भाइरसको अचुक औषधी मिल्न सक्ने सम्भावना न्युन रहेको जनाएको छ ।डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एडोनोम गेब्रिएसले कोरोना भाइरसको भ्याक्सिन बन्ने सम्भावना भएपनि औषधी बन्ने सम्भावना भने नरहेको बताउनुभएको छ ।

यसअघि पनि उहाँले कोरोना भाइरस कहिलेपनि समाप्त नहुने भन्दै यसविरुद्ध लड्नुको विकल्प नभएको प्रतिक्रिया दिनुभएको थियो ।

मौसम परिवर्तन संगै कोरोना भाइरस परिवर्तन नहुने भन्दै उहाँले विश्वका जनताले कोरोनासंग जुध्ने बाहेक कुनै उपाय नभएको बताउनुभएको हो ।

कोरोना भाइसर विरुद्धको भ्याक्सिन निर्माणको क्रम भने तेश्रो चरणमा पुगेको भन्दै भ्याक्सिन प्रभावकारी सावित हुने दावी गर्नुभयो ।

कोरानाबाट बच्न सामाजिक दुरी, पटक पटक साबुन पानीले हात धुने र मास्क लगाउनाले कोरोनाको संक्रमणबाट टाढै रहने निश्चित भएकोले सबैलाई सावधानी अपनाउन डा.टेड्रोसले विश्वभरका जनतालाई अपील गर्नुभएको छ ।

विश्वभर हाल कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ४३ हजार नाघिसकेको छ भने मृतकको संख्या ६ लाख ९७ हजार बढी रहेको छ । एजेन्सी

 
 
  
 

You may also like