अमेरिकामा कोरोनाले एकै दिन १४ सय २९ को मृत्यु, ६६ हजार बढी संक्रमित

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १४ सय २९ जनाको मृत्यु भएको छ ।बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६६ हजार ९७३ जना संक्रमित भएका छन् ।७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२० पुगेको छ । कुल संक्रमित संख्या ४५ लाख ६७ हजार ७५० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख ४१ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका २१ लाख ७२ हजार ६५८ जनामध्ये १८ हजार ८२२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 
 
  
 

You may also like