निजि तथा संस्थागत बिधालयका शिक्षकहरु आन्दोलित

माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने
टिका खरेल
सैनामैना ।सैनामैनामा संचालित निजि तथा सस्थागत बिधालयमा कार्यरत शिक्षक तथा कर्माचारीहरुको संगठनले आज एक औपाचारिक कार्यक्रम गरि १२ बुदे माग सहितको ज्ञापन पत्र सार्वजनिक गरेका छन ।हालसम्म खाई पाई आएको सेवा सुबिधा बिना शर्त तत्काल उपलब्द गराउनु पर्ने, शिक्षक तथा कर्माचारीको कोरोना तथा बिपत बिमा गर्नु पर्ने, सामाजिक सुरक्षा कोषको यताशिघ्र कार्यान्वयन गरी थप १ महिनाको चार्डपर्व रकम उपलब्द गर्ने पर्ने, नियूक्ति पत्र उपलब्द गराउनु पर्ने लगायतका १२ बुदे माग बिधालयहरुसंग गरेका छन । आफ्ना मागहरु पुरा नभएको खण्डमा चरणबद्ध आन्दोलनमा समेत जाने उनीहरुले बताएका छन ।
ज्ञापन पत्र आजै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीलाई उहाको कार्यकक्षमै बुझाईएको हो । निजि तथा सस्थागत बिधालय शिक्षक युनियनका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाउदै आफुहरु पिडित भएको र बिधालय संचालकहरुले महामारीको बखत कुनै सम्बोधन नगरेको बताएका थिए ।
ज्ञापन पत्र बुझ्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले शिक्षकहरुमा पर्न गएको असुबिधा प्रति आफु गम्भीर रहेको बताउनु भयो । शिक्षकहरुका समस्याको समाधानका लागी यताशिघ्र निजि बिधालयका संचालकहरुको छाता संगठनका सिसौका पदाधिकारी संग छलफल गरी समाधान खोज्ने प्रयास गर्ने बताउनु भयो । नगरपालिकाको क्षेत्रअधिकार भित्र पर्ने सम्पुर्ण मागहरु छिटो भन्दा छिटो सम्बोधन गर्ने समेत प्रतिबद्धता प्रमुख कार्कीले गर्नु भएको थियो ।
ग्लोबल पार्टी प्यालेस सैनामैनामा आयोजित कार्यक्रम बोल्दै कर्माचारी यूनियनका कमल पौडेलले निजि तथा सस्थागत बिधालयमा कार्यरत शिक्षक तथा कर्माचारीहरुको हकहितका लागी संगठा खोलिएको बताउनु भयो । कुनै बिधालयमा शिक्षक तथा कर्माचारी माथी संचालकहरुले अन्याय गरेको खण्डमा संगठनमा लिखित जानकारी गराउन समेत आग्रह गर्नु भयो ।
निजि बिधालयका संचालकहरुले शिक्षक तथा कर्माचारीहरुको जिवन सुरक्षाको ग्यारेण्टी गर्नु पर्ने शिक्षक गंगन जंग शाहले बताउनु भयो ।
कार्यक्रममा सिसौ सैनामैनाका अध्यक्ष कृष्ण शर्माले शिक्षक र बिधालयको सम्बन्ध नङ र मासुको जस्तै भएकोले सबै मिलेर जानु पर्नेमा जोड दिनु भएको थियो । एकलाई चोट पर्दा पिडा आर्कोले पनि महसुस गर्नु पर्ने बताउदै अध्यक्ष शर्माले शिक्षहरुको मागलाई धेरै भन्दा धेरै सम्बोधन गर्ने प्रयत्न गरिने बताउनु भयो ।
शिक्षकहरुको माग प्रति बिधालय संचालकहरु गम्भिर हुन जरुरी रहेको प्याब्सन प्रदेश नं ५ का अध्यक्ष लेखनाथ पौडेलले बताउनु भयो । बिधालय संचालक र शिक्षक कर्माचारी सबैको जित हुने किसिमले मध्यमार्ग खोजेर जानु पर्ने समेत अध्यक्ष पौडेलले बताउनु भएको थियो ।
कार्यक्रममा शिक्षक जिवन न्यौपाने, क्ष्क्त्ग् रुपन्देहीका सुदिप श्रेष्ठ, अभिभावक संघ रुपन्देहीका लोकनाथ ज्ञवाली, रामेश्वर तिवारी लगायतले बोलेका थिए ।
कार्यक्रममा सैनामैना नगर भित्रका निजि तथा संस्थागत बिधालयका १५० जना शिक्षक कर्माचारीको उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like