स्याङ्जाका २५ सहित गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित

काठमाडौं।गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४३० पुगेको छ। संक्रमण पुष्टि भएकाहरुमध्ये स्याङ्जाका २५ तथा बागलुङका ६ जना रहेका छन्।जसमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका २८ महिने बालकसहित १८ पुरुष र दुई महिला तथा अर्जुनचौपारी गाउँपालिकाका चार जना पुरुष, वालिङ नगरपालिकाका एक जना पुरुष रहेका छन्।

त्यसैगरी, बागलुङको निसीखोला गाउँपालिकाका पाँच जना पुरुष र वरेङ गाउँपालिकाका एक जना पुरुष रहेका छन्।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति

 
 
  
 

You may also like