सामाजिक रुपान्तरका लागी सबै जिम्मेवारी बनौ : प्रमुख कार्की

सैनामैना। हरेक नागरिक कर्तब्यनिष्ठ, जिम्मेवार र जवाफदेहीता भए मात्र सामाजिक रुपान्तरण हुन सक्ने सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।
कन्चनजंघा पोलिटेक्निकल इन्स्टिच्यूट नेपालको आयोजनामा उद्यमशिलता बिकास तालिमको सुभारम्भ समारोहलाई सम्बोधन गर्दै सो बताउनु भएको हो ।


अहिलेको यूवा पुस्ता मेहेन्त र परिश्र्रम गर्न नखोज्नु नै बिकास बाधक भएको समेत प्रमुख कार्कीले बताउनु भयो । “सिपमुलक तालिमको आयोजना गरेर सहभागी बनाउन खोज्द समेत अहिलेका यूवाहरु सहभागी नै हुन चाहदैनन् , यो प्रबृद्धि नै समाज प्रति घातक बनिरहेको छ ” प्रमुख कार्कीले भन्नु भयो ।
नेपाल सरकारको ठुलो धनराशी यूवाहरुको सिप बिकास र क्षमता अभिबृद्धि तालिममा खर्चिएता पनि यसबाट कुनै उपलब्द नदेखिएकोमा चिन्ता ब्यतm गर्दै प्रमुख कार्कीले आफ्नो पैसा, मेहेन्त र परिश्रम नपर्दा सम्म कुनै पनि ब्यवसायमा अबनत्व नहुने समेत भयो ।
तालिमा पाएको सिप र ज्ञानको अधिक्तम प्रयोग गरी आय आर्जनमा जोडिनु पर्ने सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भयो । यूवा पुस्ता स्वदेशमै बसेर आय आर्जनमा जोडिन सकेमात्र राष्ट्रभाव हुने समेत उपप्रमुख रानाको भनाई थियो ।
बिशेष गरी कोभिड १९ कोरोना प्रभाबित परिवारलाई स्थापित बनाउने उद्धेश्यले यो तालिमको आयोजना गरिएको कन्चनजंघा पोलिटेक्निकल इन्स्टिच्यूट नेपालका प्रिन्सीपल मिन रानाले बताउनु भयो । सैनामैना नगर भित्रका २५ जना छनौट गरी तालिम संचालन गरिएको समेत प्रिन्सीपल रानाले जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रशिक्षक जिवन भुषालले तालिममा सिकाईने बिषयबस्तुको बारेमा बताउनु भएको थियो ।
तालिम ४ दिन सम्म बिहान १०ः०० बजे देखी दिउसो ४ः०० बजेसम्म सैनामैना ३ स्थित सभाहलमा संचालन हुने छ ।

 
 
  
 

You may also like