थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ६३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि घर फर्किएका छन् भने ४९ जनाले ज्यान गुमाएका छन ।

 
 
  
 

You may also like