भारतमा एकै दिन थपिए ४६ हजारभन्दा बढी संक्रमित

काठमाडौं । भारतमा सोमबारको तुलनामा ४ हजार कम संक्रमित थपिएका छन् ।सोमबार सर्वाधिक ५० हजारभन्दा बढी संक्रमित भएकामा मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।भारतमा कुल संक्रमित संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ९ लाख ५३ हजार १८९ संक्रमणमुक्त भएका छन् भने ४ लाख ९५ हजार ८६६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६३६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको ३३ हजार ४४८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 
 
  
 

You may also like