रुसमा एकै दिन ५ हजार ७६५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं।करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार ७६५ जना संक्रमित भएका छन् ।आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार २६९ पुगेको छ। संक्रमित संख्या ८ लाख १२ हजार ४८५ पुगेको छ ।

१ लाख ९८ हजार ९६६ जनाको उपचार भइरहेको छ भने ६ लाख २५० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

 
 
  
 

You may also like