इनर ह्व्लि क्लव अफ बुटवल द्धारा वृक्षारोपण

निरु थापा
१३ साउन, बुटवल । इनरह्व्लि क्लव अफ बुटवलले आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थित कस्तुरी मिष्ठान्न भण्डार अगाडिको डिभाइडरमा वृक्षारोपण गरेको हो । कार्यक्रममा इनरह्व्लि क्लव अफ बुटवलले स्थापनाकाल देखि नै यस्ता किसिमका कार्यक्रम गदै आएको र आगामी वर्षहरुमा पनि वृक्षारोपण कार्यलाई निरन्तरता दिने बताए । कार्यक्रममा शुभकामना मन्तव्य दिदै इनरह्व्लि क्लव अफ बुटवल वर्ष २०१९/२० का अध्यक्ष प्रमिला श्रेष्ठले विभिन्न ठाउँहरुमा वृक्षारोपण गरेर मात्र होइन् त्यसको नियमित संरक्षण गर्न पनि आवश्यक रहेको बताएका थिइन ।

त्यस्तै क्लवका पूर्व अध्यक्ष मिरा ओझाले पछिल्लो समय विभिन्न क्लवहरुले सामाजिक कार्य अन्तर्गत वृक्षारेपण गर्ने र त्यसको संरक्षणका कम महत्व दिदाँ यस्ता कार्यक्रमले खासै सार्थकता पाउन नसकेको बताइन । त्यसैले आगामी दिनहरुमा क्लवका सम्पूर्ण सदस्यहरुबाटै विरुवाहरुको नियमित संरक्षण गर्ने पनि प्रतिवद्धता व्यक्त जनाएका थिए । सो अवसरमा करिब करिब १०० बटा विरुवाहरु रोपिएको थियो ।

कार्यक्रम इनरह्व्लि क्लव अफ बुटवल वर्ष २०१९/२० का अध्यक्ष प्रमिला श्रेष्ठको अभ्यक्षता, पूर्व अध्यक्ष भारती जोशीको प्रमुख आतिथ्थता, मिरा ओझाको शुभकामना मन्तव्य, क्रयाशील सदस्य अम्विका श्रेष्ठको स्वागत, र क्लवका सचिव सानु श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like