भ्रष्टाचारका कारण पूर्वकर्मचारी मात्र होइन नेताहरुले पनि आत्महत्या गर्ने दिन आउछ:भण्डारी

बुटवल । नेपाली काग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त भएको बताउनु भएको छ । नेताहरुले भ्रष्टाचार नगरे मुलुक धेरै राम्रो हुने बताउदै भ्रष्टाचारकै कारण मुलुकको बिकासको गति लिन नसकेको बताउनुभयो । रिपोटर्स क्लवले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाले भ्रष्टाचारका कारण दुई जना पुर्व कर्मचारीले त आत्महत्या गरे अव राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्ने दाबी गर्नु भयो ।

उहाले काग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले खुलमखुला भईरहेका भ्रष्टाचारलाई लुकाई रहेको र स्विकार नगरेको बताउनु भयो । उहाले भन्नुभयो काग्रेसका चिरञ्जिवी बोग्ले, गोबिन्दराज जोशी, जेपी गुप्ता लगायतले जेल सजाय भोगी सके तर नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली अहिले वाइड बोडी स्विकार गर्न तयार हुनुहुन्न बाहाना बनाई रहनु भएको छ ।(नेता भण्डारीले कास्कीबाट निर्वाचित स्वर्गिय पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका सन्दर्भलाई लिएर यस्तो बताउनु भएको हो ।

नेता भण्डारीले नेपालका राजनीतिक पार्टीका नेताहरुले नै मुलुकलाई निकास दिन नसकि रहेको बताउनुभयो । उहाले काग्रेस सभापति शेर बहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचन जिते सभापतिको कार्यकाल लम्वाउन र नजिते छाड्न सुझाव दिनुभयो । उहाले भन्नुभयो दुध नदिने भैसी कहिलेसम्म पाली रहने पोखराको उपनिर्वाचन जीताउनु भयो भने कति लम्बाउने हो लम्वाउनु होला होइन भने सधै कति पदमा बसिरहनुहुन्छ ।गुल्मीका पहिरो पीडितलाई भेट गरी बुटवल आउनु भएका नेता भण्डारीले संघीय र प्रदेश सरकारले पहिरो पिडीलाई प्रयाप्त सहयोग गर्न नसकेको बताउनुभयो । उहाले आफुले पिडीत परिवारलाई ५ हजार रुपैयाका दरले सहयोग गर्दा गलत प्रचार गरीरहेको समेत गुनासो गर्नुभयो ।

क्लवका प्रदेश प्रमुख राम कुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like