रोटरी र रोट्याक्ट क्लव द्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब रुपन्देही, रोट्याक्ट  अफ रुपन्देही र रोट्याक्ट क्लब राममणी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ती क्लबका वार्षिक कार्यक्रम अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० सेमरा बजारस्थित रोटरी मातृशिशु केन्द्र परिसरमा शुक्रबार वृक्षारोपण कार्यक्रम गरिएको कार्यक्रम संयोजक ऋषिराम भण्डारीले बताए ।

रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष गौतम भुसालको अध्यक्षता, रोटरी ३२९२ नेपाल–भुटान जोन–१८ का असिष्टेण्ट गभर्नर ध्रुबकुमार धितालको प्रमुख आतिथ्यता, वडा नम्बर(१० का अध्यक्ष व्यासमुनि चौधरीको विशेष आतिथ्यता र स्थानीय कृष्ण पाडेलको आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । अस्पताल परिसरमा हरियाली वातावरण निर्माणका लागि धुपि र कल्पी फूलका बोटविरुवा रोपेको कार्यक्रम संयोजक ऋषिराम भण्डारीले बताए ।

रोट्याक्ट क्लब अफ रुपन्देहीका अध्यक्ष मिलन भण्डारीले वृक्षारोपण कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

 
 
  
 

You may also like