रुपन्देहीको सैनामैनामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु

बुटवल । रुपन्देहीको सैनामैनामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ । भने अन्य ३ जना घाइते भएका छन् ।शुक्रबार दिउँसो बुटवलबाट कपिलबस्तु जाँदै गरेको लु ५२ प ४१५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सैनामैनामा नगरपालिका– ५ बुद्धनगरमा ठक्कर दिँदा सोही ठाउँकै ७३ वर्षका हरिप्रसाद लम्सालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिहं राठौरले बताए । उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार साँझ मृत्यु भएको उनले बताए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका वडा न।१२ नयाँगाउँ बस्ने वर्ष ४९ कि चमेली थारु, ७ वर्षका सुमिना थारु र सैनामैना वडा न।११ ठुलोचौर बस्ने ४९ वर्षका मोटरसाइलक चालक पञ्चराम थारु घाइते भएको प्रहरीले प्रहरी प्रमुख राठौरले बताए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

घाइते ३ जनाकै अवस्था खतरामुक्त रहेको छ । उक्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेकोको छ । मोटरसाइकलमा ३ जना सवार रहेका थिए ।

 
 
  
 

You may also like