शंकरनगर खानेपानीको कार्यलयमा तालाबन्दी

बुटवल। शंकरनगर खानेपानी तथा सरसफाइ संस्था याेगिकुुटीले अबैधानीक रूपमा अधिबेशन गर्न लागेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले संस्थाको कार्यालयमा तालाबन्दी गरिदिएको छ ।

अधिबेशन प्रक्रियाकाे बैधानिकतामाथी प्रश्न उठाउदै चरणवद्व आन्दोलन गर्दै आएको जनमुक्ति पार्टीले आज कार्यालयकाे मुलगेटमै तालाबन्दी गरिदिएको हो ।
संघर्ष समितिका संयाेजक तथा जनमुक्ति युवा महासंघका अध्यक्ष शंकर गाहाकाे नेतृत्वमा गएकाे जनमुक्ति पार्टीका नेता कार्यकर्ताहरूकाे जुलुसले आज बिहान ११ बजे तालाबन्दी गरिदिएका हुन् ।

तालाबन्दी पश्चात आयाेजित काेणसभालाई सम्बाेधन गर्दै जनमुक्ति युवा महासंघका अध्यक्ष शंकर गाहा,जनमुक्ति पार्टीका तिलाेत्तमा नगर अध्यक्ष भाेम बहादुर बुढाले खानेपानी जस्तो बिशुद्व सामाजिक संस्थामा नेकपा र नेपाली कांग्रेसले अनावश्यक राजनीतिकरण गरेको बताए ।

आर्थिक चलखेलका लागि दुई ठूला दलले बिधान बिपरित संस्थाकाे अधिबेशन गर्न लागेको आराेप लगाउदै उनिहरूले बिधान बिपरित अधिबेशन नगर्न आफुहरूले राखेको माग बेवास्ता गरेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको जानकारी गराए ।

उनिहरूले अाफुहरूले राखेका जायज माग सम्बाेधन नगरेर संस्थाका अध्यक्ष लगायतका पदाधिकारीहरूले द्वन्द्व निम्त्याउन खाजेकाे आराेप लगाए ।

यसअघि साे पार्टीले ज्ञापनपत्र बुझाउने,धर्ना,जुलुस लगायतका बिराेधका कार्यक्रम गर्दै आएको थियोे ।

 
 
  
 

You may also like