निलडेभिड पाँचौ बर्षमा प्रदेश , ३ दिन निशुल्क मेहेन्दी कार्यक्रम

बुटवल । बुटवलको अमरपथ सिंह कम्प्लेक्समा रहेको निलडेभिड बुटवलले आफ्नो पाचौ वर्ष प्रवेशको अवसरमा निशुल्क मेहेन्दी कार्यक्रम राखेको छ ।
श्रावण महिनामा महिलाहरुले हातमा मेहेन्दी लगाउने प्रचलन रहेकोले ७, ८ र ९ गते बिहान ९ बजेबाट ११ बजेसम्म निशुल्क मेहेन्दी लगाईने निलडेभिड बुटवलका संचालक मोहन ठाकुरले जानकारी दिएका छन ।

कोरोना कहरकै समयमा पनि उच्च स्वास्थ्य सर्तकता अपनाएर निलडेभिड बुटवलले व्यवसाय सञ्चालन गरिरहेको छ । सौन्दर्य सम्बन्धी सेवा सुविधा लिन चाहनेले फोनबाट समेत नाम दर्ता गर्न सकिने छ ।

कोरोना कहरका बिचमा पनि उच्च स्वास्थ्य सर्तकता अपनाएर व्यवसाय सञ्चालन भईरहेको सञ्चालक ठाकुरले बताए । सञ्चालक ठाकुरले फोनबाट नाम दर्ता गर्न सकिने बताए ।२०७३ साउन १४ गते स्थापना भएको निलडेभिड बुटवल पाचौ वर्षमा प्रवेश गरेको छ । बुटवल अमरपथ सि‌ह कम्प्लेक्समा रहेको यस निलडेभि‍डमा ८ जनाले रोजगारी पाएका छन् ।

 
 
  
 

You may also like