भारतमा एकै दिन ४० हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । भारतमा एकै दिन अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४० हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा भारतमा ४० हजार २४३ जना नयाँ संक्रमित फेला परेको वल्र्डओमिटरले जनाएको छ । यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै ठूलो संख्या हो ।

अहिलेसम्म भारतमा ११ लाख १८ हजार १०७ जनामा संक्रमण पुष्टि भएको छ । यो आइतबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो । त्यहाँ अहिलेसम्म कोरोना संक्रमणको कारण साढे २७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख १८ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ भने चार हजार २९६ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक करोड ४६ लाख ३३ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ६ लाख आठ हजार ५३९ पुगेको छ । एजेन्सी

 
 
  
 

You may also like