इन्ट्याक्ट युवा क्लवद्वारा प्रतिक्षालय निमार्ण

बिष्णु घिमिरे
बुटवल। इन्ट्याक्ट युवा क्लव सत्यवती हेल्थ सेन्टर लाइनका युवाहरुले प्रतिक्षलय निमार्ण गरेका छन । समाजिक क्षेत्रमा केहि गरौ भन्ने उद्देश्यले निमार्ण भएको यस क्लबले स्थापना गरेकै एक महिनामा भित्रमा प्रतिक्षलय निमार्ण लगायत बिभिन्न महत्वपूर्ण काम गरेको क्लबका सचिव विष्णु भण्डारी जानकारी दिए ।बिस पच्चिस जना युवा युवतिहरु मिलेर निमार्ण गरेको क्लवले युवाहरुको सानो सहयोगवाट पनि केहि परिवर्तन होस भन्ने उद्देश्यले गठन गरिएको बताए ।
क्लबको सहयोगमा वासका काठँहरु कुदिएर प्रतिक्षलय निमार्ण गरिएको बताए । टाढा टाढा वाट हिडदै आउने मानिस र भारि बोकेर आउने किसानको निम्ती केहि मात्रमा राहत होस भन्ने उद्देश्यले यसको निमार्ण गरिएको बताए ।

क्लबले एक महिनाको अवधिमा धारा निर्माण ,प्रतिक्षलय लय निर्माण , हेल्थ सेन्टर लाइन मा बिजुली को पोल मा बत्ती बाल्ने काम, हन्सरा जाने बाटोमा आएको पहिरो हटाउने खाने पानीको व्याबस्थापन लगायतका कामहरु गरेको बताए ।
आगामी दिनमा क्लबले यस्ता सामाजिक कामहरलाई निरन्तर अगाडी वढाउदै लैजाने बताए ।

 
 
  
 

You may also like