मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

काठमाडौं । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच वटा पुस्तकको सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले सुविन श्रेष्ठको इजोरिया, विवेक ओझाको ऐँठन,द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घरलाई मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा समावेश गरेको हो । श्रेष्ठ सूचीमा समावेश भएकामध्ये एउटा पुस्तकले २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

 
 
  
 

You may also like