गुल्मीमा पहिरोमा परि एक जनाको मृत्यु

गुल्मी । जिल्लामा ढिस्कोले पुरिएर एक पुरुषको ज्यान गएको छ। माथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर कालिगण्डकी गाउँपालिका ४ का ६२ वर्षका यमबहादुर श्रीषको शुक्रबार ज्यान गएको हो ।

उनी खेतको कुलो बनाउने क्रममा केही दिन देखि परेको निरन्तरको बर्षाका कारण माथिबाट एक्कासी खसेको पहिरोले पुरिएका थिए ।श्रीमानलाई ढिस्कोले पुरेपछि श्रीमतीले आफ्न्तलाई खबर गरेकी थिईन् । खबर पाए लगत्तै प्रहरी र आफ्न्ताले श्रीसलाई पहिरोबाट निकालेका थिए ।

श्रीसको घटनास्थलमै ज्यान गएक हो ।मृतक श्रीष श्रीमतिसँगै खेतमा कुलो बनाउन गएका थिए । श्रीमती भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 
 
  
 

You may also like