न्यु लाइट माविमा साहित्यिक महोत्सव हुने

by समतल अनलाइन

बुटवल । न्यु लाइट माविमा साहित्यिक महोत्सव हुने भएको छ । साहित्य महोत्सव पुस १३ गते शुक्रबार हुने विद्यालयका प्राचार्य रमेश ज्ञवालीले बताए । महोत्सवमा लेखक तथा साहित्यकार जंग बहादुर शाहको प्रमुख आतिथ्यता रहने र कवि भूपिनसँग विद्यार्थीको अन्तरक्रिया हुने उनले बताए ।

विद्यार्थीले पाठ्यपुस्तकमा पढेका कविसँग प्रत्यक्ष अन्तरक्रियाको अवसर पाउनेछन् । त्यसैगरी यस क्षेत्रका चर्चित कवि गिरि श्रीस मगरको मन्तव्य र कविता वाचन रहनेछ । कार्यक्रममा विद्यार्थीहरुको ‘बुक रिडिङ सेमिनार’ रहनेछ । सेमिनारमा एक दर्जन विद्यार्थीले आफूले पढेका पुस्तकको समीक्षा प्रस्तुत गर्नेछन् । त्यसै गरी एक दर्जन विद्यार्थीको कविता वाचन गर्ने प्राचार्य ज्ञवालीले बताए।

महोत्सवमा ‘भ्वाइस अफ न्यू लाइट सिनियर र जुनियर’को प्रस्तुति रहनुका साथै विद्यार्थीद्वारा निर्मित चित्रकला, पोष्टर र अन्य रचनात्मक प्रस्तुतिहरु पनि उनले बताए । महोत्सवसँगै पुस्तक प्रदर्शनी पनि हुने छ । विद्यालयले २०७६मा ‘एकदिने साहित्य महोत्सव’ आयोजना गरेर तिलोत्तमा क्षेत्रका साहित्यकारसँग विद्यार्थीलाई परिचित गराएको थियो ।

 
 
  
 

You may also like