मेरिगोल्डमा कृष्णजन्माष्टमी विशेष कार्यक्रम

by समतल अनलाइन

भैरहवा। मेरिगोल्ड मन्टेश्वरी स्कुलले कृष्णजन्माष्टमीको अवसरमा कार्यक्रम गरेको छ । मौलिक चाड पर्व, संस्कृति रक्षा र सिकाइ हस्तान्तरणका लागि बुधबार कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ईश्वरी सिंहले विद्यालयले स्थापना काल देखि विद्यार्थीको सिकाइ सँगै अतिरिक्त क्रियाकलापहरु गर्दै आएको बताउँदै पढाइबाहेकका क्रियाकलापले बालबालिकाको चौतर्फी ज्ञान बढ्ने बताइन् । कृष्ण जन्माष्टमीको अवसरमा राधा कृष्ण, नृत्य र खेलकुदका कार्याक्रमहरु पनि भएका थिए । बालबालिकालाई पढाइ सँगै सांस्कृतिक रुपमा मनाइने चाडपर्वहरुको ज्ञान बोध गराउन विद्यालयले कार्यक्रम गरेको प्रिन्सिपल बिन्दु खरालले बताइन् । विद्यालयले हरेक दिन मन्टेश्वरी पद्धतिबाट शिक्षा दिने दैनिक डान्स, योग, खेलका कार्यक्रम गर्दै आएको प्रिन्सिपल खरालले बताइन् । विद्यालयकी प्रिन्सिपल बिन्दु खरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षिका दुर्गा जिसिले गरेकी थिइन् ।

 
 
  
 

You may also like