मनकारी झविन्द्र : आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग

मनोज कार्की
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ५ का झबिन्द्र अर्यालले आफ्नो जन्मदिनको अवसरमा आफ्नो वडामा भएका अति विपन्न परिवारलाई सहयोग गरेका छन् ।
नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलको क्षेत्र नम्बर २ का सभापति समेत रहेका अर्यालले जन्मदिनको अवसरमा वडामा रहेका अति विपन्न तिन घरपरिवारलाई चामल,दाल,नुन , तेल तथा शैक्षिक सामाग्री समेत सहयोग गरेका हुन् ।
मानिसहरु आजभोलि आधारभूत भन्दा विलासी आवश्यकता केन्द्रित छन् । कोही खान नपाएर मर्छन् , कोहि धेरै खाएर मर्छन् । तर इस्माका अर्याल विगत केही बर्षदेखी गरिबीको सहयात्री बनेका छन् । अप्ठ्यारोमा परेका जोकोहीलाई पनि सहयोग गर्न पछि पर्दैनन् । `धनसम्पत्ति टन्न कमाएर के पाे हुन्छ र ।’ अर्याल भन्छन् “गरिबीको मुहार हाँस्दा मलाई आनन्द लाग्छ ।” जनप्रतिनिधिलाई चुनाैती दिदै उनले गाउँमा भएका सम्पूर्ण विपन्न परिवारलाई जुनसुकै समयमा पनि सहयोग गर्ने गर्दछन् ।
अर्यालले आफ्नो जन्मदिनको अवसरमा वडामा रहेका रुक बहादुर घर्ती , ढाली गिरी र लक्ष्मी बस्नेतको परिवारलाई सहयोग गरेका हुन् ।
रुक बहादुर त्यस वडा कै विपन्न मध्येका एक हुन् । उनका दुई छाेरी र एक छाेरा छन् । आम्दानीको कुनै स्रोत छैन । सहयोग पाएपछि खुसि हुदै , उनी भन्छन् ” हामी जस्ता गरिबिलाई सहयोग गर्नुभएको खुसि लागेको छ ।”
ढाली गिरी र लक्ष्मी बस्नेत पनि विपन्न मध्येका हुन् । उनीहरूको घरमा पनि खाने चामल समेत पनि थिएन । आफुहरुलाई सहयोग मिलेकोमा खुसि लागेको उनीहरूले बताए ।
अर्यालले जन्मदिन नभई अघिपछि पनि सहयोग गर्ने गरेका छन् । लकडाउनको यस समयअबधिमा पनि उनले गरिबिलाई थुप्रै सहयोग गरेका थिए ।
उनी आफ्नो वडामा अप्ठ्यारोमा परेका जोकोहीलाई पनि हरेक समय सहयोग गर्ने गर्दछन् ।

 
 
  
 

You may also like