बुटवल । बुटवल बेलहिया सडक खण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाईएका बिरुवाहरु काटिएका छन ।
तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको मणिग्राम देखि नयामिल तर्फका ३२ वटा बिरुवा गए राती अज्ञात समुहले काटेको हो ।
रातको समयमा उक्त क्षेत्रमा रहेको हरीयाली क्षेत्रका ३२ वटा बिरुवा ३ जनाको समुहले मिलेर काटेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।
राती ३ जनाको समुहले मिलेर काटेको त्यहा रहेका सिसिटिभी फुटेजबाट नगरप्रमुख घिमिरेले भने । गत बर्ष लगाईएका उक्त बिरुवाहरु हुर्की सकेको अवस्थामा फेदै बाट काटिएको छ घिमिरेले थपे ।
गत बर्ष साउन २ गते सोही सडकको शंकरनगर चोक देखि नयामिल सम्म मेडिएनमा राखिएका ५ वटा मुर्ति क्षतबिक्षत हुने गरी फुटाईएको थियो ।
उक्त मुर्तिहरु कसले किन फुटाल्यो भन्ने अहिले सम्म खुलेको छैन ।
तिलोत्तममा सडक किनारमा लगाएका ३२ बिरुवा गएराति काटिए
91
previous post