थप ७४० जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या १५ हजार नाघ्यो

काठमाडाैं । नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
संक्रमितमध्ये ६ हजार १४३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । मृतकको संख्या भने ३२ पुगेको छ ।

 
 
  
 

You may also like