सिकाई सहजिकरणमा लायन्स बुटवल स्टार्रसको सहयोग

बुटवल। बुटवल माध्यामिक विद्यालयले शुरु गरेको सिकाई सहजिकरण कार्यक्रम २०७७ लाई लायन्स क्लब अफ बुटवल स्टारर्सले सहयोग गरेको छ । लक डाउनका कारण कक्षा कोठामा अध्ययनमा समस्या भएपछि विद्यालय तथा कर्मचारीहरु परिचालन गरि बुटवल माविले १२ स्थानमा सेवा शुरु गरेको हो । प्रधानाध्यापक अकरमुला खाले विद्यार्थीहरुको समुदायमा नै स्थान छनौट गरि पायक पर्ने स्थानमा रेडियो, टिभी कार्यक्रम चलाईने बताए ।

कार्यक्रमको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले लक डाउनको कारण घरमा बसेका विद्यार्थीहरुलाई असार १५ देखि सिधै पढाइ अघि बढाउने भन्दा पनि मानसिक रुपमा सिकाई विकास गर्न जरुरी रहेको बताए । स्थानिय टोलमा बच्चाहरुलाई जम्मा गरेर पायक पर्ने स्थानमा सिकाई सहजिकरण गर्न शिक्षकहरु परिचालन गर्न सुझाव दिए । लायन्स क्लब अफ बुटवल स्टारर्सले १२ थान रेडिय‍ो र ३१ दर्जन कपी, पेन्सिल लगायत स्टेशनरी सामग्री बुधबार हस्तान्तरण गरेको छ ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्रसका अध्यक्ष सुशील पाण्डेले नेपाल सरकारको निर्देशन अनुसार कक्षा संचालनमा संस्थागत रुपमा सहयोग गरेको बताए । कार्यक्रममा लायन्स एरिया चिफ का सन्दिप कसौधन, रिजनचेयरपर्सन आशिषकृष्ण श्रेष्ठ, जोन चेयरपर्सन एमएल पाण्डे, पत्रकार कृष्ण मल्ल, कार्यक्रमका संयोजक दुर्गा आले लक डाउनको समयमा विद्यार्थीहरु घरमा सृजनसिल बनाउने गरि लाग्नुपर्ने बताए ।

 
 
  
 

You may also like