सरकार ! तमासा अति भयो : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए ।

त्यसप्रति लक्षित गर्दै नेता थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गर्दै भनेका छन्, ‘तर, अहिले न त सलह किराले आफ्नो आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’

 
 
  
 

You may also like