तेहरानको एक क्लिनिकमा बिष्फोट हुँदा १३ को मृत्यु, थुप्रै घाइते

काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिष्फोटमा कम्तीमा १३ को ज्यान गएको छ ।

यो बिष्फोट सिना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका जताइएको छ ।

इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिष्फोट ग्यास लिकका कारण भएको बताएको छ । टिभीमा प्रसारण गरिएको तस्बिरमा आकाशमा धुँवा उडिरहेको देखिएको छ । दमकलकर्मीलाई आगोमाथि नियन्त्रण पाउन निकै समय लागेको बताइन्छ ।

अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा धेरैजसो महिला रहेका छन् । यसअघि सेनाको क्याम्पमा पनि ठूलो बिष्फोट भएको थियो । यसको कारण पनि ग्यास लिक नै बताइन्छ । स्रोतः बीबीसी

 
 
  
 

You may also like