साईकल सिटिको जर्सि सार्वजनिक

बुटवल। साईकलमार्फत पर्यटन विकास र सामाजिक हितमा लागेको साईकल सिटि बुटवलले नया जर्सि सार्वजनिक गरेको छ । वार्षिक कार्य योजना अन्तरगत सिटिका सल्लाहकार गोपाल श्रेष्ठ, चिरन भण्डारी, अध्यक्ष धिरेन तुलाधर, उपाध्यक्ष उत्तम श्रेष्ठले शुक्रबार जर्सि सार्वजनिक गरेको हो

साइक्लिष्टहरु बिच एकता, सद्भाव कायम गर्दै पर्यटन प्रवर्द्धनको उदेश्यसहित नया सदस्यलाई जर्सी उपलब्ध गराईने सचिव बिनोद कार्कीले बताए । साईक्लिष्टहरुलाई सदस्यतासंगै नया जर्सीसंगै दुर्घटना बिमा समेत गरिने उनले बताए । बुटवलमा हाल ३ दर्जन बढी नियमित साइक्लिष्टहरु रहेका छन ।

 
 
  
 

You may also like