याेग

अमृता पन्थी
स्वास्थ भन्दा ठुलाे कुरा के नै छ र संसारमा,
सबै कुरा पाउनुहुन्छ याेग, ध्यान र प्रणायममा।
सकारात्मक साेच्न अनि राेग संङ्ग लड्न,
याेग नै उत्तम विकल्प हाे तिमी अाफूलाई चिन्न।

मानवलाई मानव भएर बाँच्न सिकाईदिन्छ,
दुःख अनि तनावबाट मुक्तिकाे बाटाे देखाइदिन्छ।
जीवन के हाे भन्ने कुरा महसुस गराइदिन्छ,
सुदर्शन क्रिया जसले अझ उचाई थपिदिन्छ।

जवसम्म हामी चिन्ताकाे सागरमा डुवी रहन्छाै,
तवसम्म चिन्तनकाे संसारमा कसरी अाउछाै।
सहयाेगी मन संगै सकारात्मक साेच विना,
जीन्दगिकाे उतार चढाव कसरी सामना गर्छाैं।

याेग, ध्यान गर्नै पर्छ शरीर स्वास्थ राख्न,
जसले बाटाे देखाईदिन्छ तिमी अगाडि बढ्न।
मनकाे शान्ति खाेज्नलाई कहिकतै धाउनै पर्दैन,
जुनसुकै अबस्थामा पनि तिमी बिचलित हुनै पर्दैन।

सन्दर्भ:- अन्तर्राष्ट्रिय याेग दिवस

 
 
  
 

You may also like