गुल्मीको मुसिकोटमा सोमबार एकै दिन ११ जनामा कोरोना पुष्टि , योसँगै गुल्मीमा संक्रमित २८ पुगे

हरि पाठक
गुल्मी। प्रदेश नं.५ को पहाडी जिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा एकै दिन ११ जनामा कारोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परिक्षणमा सोमबार ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

संक्रमित ११ जनाको उमेर ५ देखि ३० बर्षसम्म रहेको र उनिहरू भारतबाट एउटै गाडिमा संगै आएर मुसिकोट नगरपालिका ३, बडागाउँको पृथ्वी माबिको क्वारेन्टाइनमा बसेका एकै परिबारका ६ जना र अन्य ४ गरि १० जना रहेको र उनिहरूको स्वास्थ्य अबस्था सामान्य रहेको अर्का एक जना वडा नं.४ का हुन् उनलाई केही दिन पहिल्यै ज्वरो आएको र निको नभएपछि भैरहवा पठाएको र उनको स्वाब परिक्षणमा सोमबार रिपोर्ट पोजेटिभ देखिएर अहिले बुटवलको धागो कारखाना स्थित कोरोना अस्पतालमा उपचार भईरहेको रहेको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

गत बुधबार ३० जनाको स्वाब संकलन गरि पठाइएकोमा सोमबार एकै दिन ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो,संक्रमितको संख्या अझै बढ्न सक्ने जनाइएको छ।संक्रमितहरुको अवस्थालाई हेरेर तुरुन्तै आइसोलेशनमा राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।यससँगै गुल्मीमा २८ जना संक्रमित भएका छन् भने जसमध्ये २ जनाको कोरोनाको कारण नै मृत्यु भएको छ । संक्रमितमध्ये २ जनाले कोरोना जितेर घर फर्किसकेका छन्।

 
 
  
 

You may also like