विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो, चार लाख ३५ हजारको मृत्यु

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ८० लाख ५ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमितको संख्या अमेरिकामा सर्वाधिक २१ लाख ११ हजार ६२२ छ । त्यस्तै, ब्राजिलमा ८ लाख ८८ हजार २७१, रुसमा ५ लाख ३६ हजार ४८४, भारतमा ३ लाख ३२ हजार ४२४ तथा बेलायतमा २ लाख ९८ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर ४ लाख ३५ हजार ६२२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक एक लाख १६ हजार ११४ जनाको मृत्यु भएको छ ।
त्यस्तै, ब्राजिलमा ४३ हजार ९५९, बेलायतमा ४१ हजार ८२१, इटालीमा ३४ हजार ३७१ जनाको मृत्यु भएको छ ।

विश्वभर ३८ लाख ३३ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ५ लाख ७६ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, ब्राजिलमा ४ लाख ७२ हजार ३१३, रुसमा २ लाख ८४ हजार २१, इटालीमा एक लाख ७७ हजार १० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा ६ हजार २११ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ४१ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । एजेन्सी

 
 
  
 

You may also like